IMG20200429151102

आखाले दिदै थियो बेदनाको जवाफ ।

Trending समाचार
Read Time:2 Minute, 40 Second

काठमाडौँ – नेपालमा lockdown को आज ३७ ओं दिन कोभिड १९ अथार्त (कोरोन भाइरस) ले बिस्वमा आतंक फैलाई रहेको छ । यति बेला बिस्व lockdown को अबस्थामा छ,दिनानु दिन संक्रमितको संख्या बृद्दी हुदैँ गएको छ भने मृत्यु हुनेह्रुको संख्या पनि त्येत्तिकै छन् । चीनको वुहान बाट सुरु भएको यो भाइरसले बिस्वलाइ आक्रांत पारिरहेकोछ । धेरै ब्यापार व्यवसायमा शुन्यता छाएको छ त्यस्तै धेरै कलकारखाना बन्ध भएका छन् जसले गर्दा धेरै वटा देशहरुमा आर्थिक मन्धि सुरु भैसकेको छ । त्यस्तै हाम्रो देश नेपाल्मा पनि आर्थिक संकट देखिन थालिसकेको छ ।


lockdown को केहि दिन पछि सरकारको पहलमा स्थानियतह बाट दैनिकी गरेर गुजारा चलाइ रहेकाहरुको लागि राहात वितरण गरियो तर कतिपय ठाउहरुमा पिडीतले नपाएको र पारादर्शिता नभएको जनगुनासो सुन्दै र हेर्दै आइरहेका छौ । तर यति बेला राज्यलाइ सघाउन विभिन्न गैर सरकारी संघ सस्थाहरुले हातेमालो गर्दै पिडितलाई राहात दिदै आइरहेकछ्न ।

त्यस्तै आज हामीले काठमाडौँको Ring road परिक्रमा गर्ने क्रममा केहि तेस्ता दृश्य्हरु देखियो जसले हाम्रो मन सार्है छोयो । धेरै मानिसहरु सडक पेटीमा लडिरहेका थिए र केहि युवाहरु पनि उनीहरुको नजिकै गएर उनीहरुलाई केहि खानेकुरा दिदै गरेको दृश्य पनि देखियो । हामी पनि नजिकै गएर ति युवाहरु सगै हातेमालो ग्रेउ र पिडितहरु संग केहि प्रश्न गरेउ उनीहरुको वेदनाको जवाफले भन्दै थियो यो संसारमा दयालु मानिसहरु पनि हुनुहुदोरहेछ । उहाहरुको आखाले खोज्दै थियो आफुले भोट हालेर जिताएको प्रतिनिधिहरुलाइ । उनीहरुले भन्दै थिए नेपालमा थियौ अनि नेपाली संग थियौ र आज सम्म बाचियो यदि नेताको भर परेको भए उहिलेनै हाम्रो लास कुकुरले खान्थ्यो ।

5 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *