maxresdefault-1

कार अनियन्त्रित भइ भयो ठुलाे दुर्घटना ।

समाचार
Read Time:1 Minute, 44 Second

नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाटबाट त्रिबेणी तर्फ जादै गरेको कार आफै अनियन्त्रित भई विजुलीको पोलमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । विहिबार साझँ साढे पाँच बजेको समयमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नम्बर १६ केराबारिबाट त्रिबेणी तर्फ जादै गरेको बा १२ च २००९ नम्बरको कार आफै अनियन्त्रित भई विजुलीको पोलमा ठोकिएको थियो । पोलमा ठाेकिदा उक्त पोलबाट चुडिएको तारले कारमा करेन्ट समेत लागेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको थियो। कार दुर्घटना हुँदा एकको मृत्यु भएको थियो भने दुई घाइते भएका थिए । मृत्यु हुनेमा बर्दघाट नगरपालिका वडा नम्बर ४ बस्ने, कार चालक ५२ बर्षका हरि भुर्तेल रहेको छन, त्यस्तै घाइते हुनेमा बर्दघाट ४ निवासी बर्ष ३९ का गोर्कण शर्मा र बर्ष ४२ का राम प्रसाद पाण्डे रहेको जिल्ला प्रहरी नवलपरासीले जानकारी दिएकाछन । अहिले घाइतेलाई भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको लागी लगिएको र अवस्था ठिकै रहेको प्रहरीले जानकारी दिएको छ । ३ जना सवार रहेको सो कार ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।

0 3

Leave a Reply

Your email address will not be published. Required fields are marked *