56487440_2240044342922976_580999879900266496_o

बिरानो समाज, अनि खोइ मेरो सरकार ?

विचार / ब्लग
Read Time:7 Minute, 45 Second

काठमाडौं: प्रेम जैरु– चैत बैशाखको समय भन्नालाइ वसन्त रितु सबै कुराको नया आगमन हरेक बोट बिरुवा साथै हर जीव जन्तुको नयाँ जीवन प्राप्ति अनि भन्छन हरेक बिवेकशिल मानिसमा नयाँ सोच बिचार धारणा पलाएको छ ।सबैले भन्ने गर्छन सबै किसिमका तिथि ,मिती ,दिन, बार, हप्ता ,महिना हुँदै साल बित्यो। पुरानो कुरालाइ पार गर्दै नया जिबनको सुरुवात भयो। …….तर मलाई ठ्याक्कै बिपरित भयो।

काठमाडौंको बसाइँ मध्य दिनमा एक्लै झ्याल ढोका पुरै बन्द छ ।लकडाउनको चपेटामा गुज्रिएर आवजमा स्वा – स्वा सास आफैले फेरिको सुन्दै । अनि बहिर चिहाएर हेर्छु सुनसान सबै बिरानो देख्छु अनि आफ्नो कोठामा हेर्छु पुरै खाली छ, भोकले पेटको लाम्टा बाटारि रहेको छ । छ त एउटा ४ खुट्टे खाट छ अनि म तेसैमा पल्टिँदै कहिले विकसित देश तिर जान्छु त कहिले राम्रो कम्पनीमा काम गर्न जान्छु। अनि काम गर्दा आउने चुनैती र कष्टलाई सम्झन्छु फेरि तर्सन्छु । फेरि भएन भनेर आफ्नै गाउँ फर्कन्छु अनि खेती किसान गर्न थाल्छु। तर के गर्ने दैविक प्रकोप अर्थात माैसमि असन्तुलनको कारण काम गर्न धेरै नै गर्हो भयो । यदि यो सब ठिक भएता पनि समयमा बीउ बिजन तथा मल,जलको अभाव ….सबैभन्दा बिडमबनाकाे कुरा थोरै गरम आफुलाइ खाना नपुग्ने धेरै गरम काम गर्ने मन्छे नपाइने उफ….होस ।
फेरि शहरतिर लागेर केही व्यावसाय गर्नुपर्यो । सबभन्दा पहिला लगानी गर्न पैसा जुटाउनु पर्यो । थोरै रकमले के गर्ने केही पनि सामान आउदैन ।फुटपातमा सामान राख्यो नगरपालिकाले उठाएर लान्छ , पहुँच हुनेले छुटाएर ल्याउछन तर मैले कोहि चिनेको छैन कसरी ल्याउनु ? अब होस आट गरे मैले ऋण गरेर भए पनि एउटा पसल खोल्नु पर्यो ।
पसल पनि खोलियो सबैले सहुजी भन्न लागे आहा म मख्ख पर्दै ब्यापार तिर लिप्त हुँदै गए । १ महिना भयो अलि अलि ब्यापारको पैसा आयो तर साहुलाइ बुजाउदै ठिक भयो । अनि ३ महिना भयो सटर भाडा र ब्याज तिर्दै ठीक्क भयो। फेरि ६ महिना भयो वरिपरि ठुला-ठुला पसलहरु खुल्न थाले अनि ब्यापार घटदै गयो । अनि बर्षदिन पुग्यो पसल फाइनान्स गरेर खोलेको थिए । पसल खोल्दा देखिको ऋण (सवा) बुजाएको थिएन त्यसैले पसल फाइनान्सले लिलाम गर्दियो ।अब म सङ्ग केही भएन ! अब मेरो परिवारलाई कसरी पाल्ने के खुवाउने ? मेरी गाउँमा भएकी बुढी आमाको महिनैपिच्छे खाने दमको औषधि कसरी किन्ने ? श्रीमती भन्छिन रासन पनि सकियो ! बच्चाको स्कुलबाट बिल आको छ पैसा नदिए परिक्षा दिन पाउदैनन् रे । हे भगवान म के गरम ??? अब म सँग केही रहेन
सब थोक सकियो । ( झसङ्ग बिउझिए र खुशी हुँदै ए यो त मेरो कल्पना मात्रै पो रहेछ ) ।

यस्तै मेरो मनमा उथलपुथल भएका शब्दहरुलाइ पोख्न ब्यस्त भएछु। (मलाइ यसैमा छ मज्जा )

यी नै कलमका निवहरु घुमाइ-घुमाइ अक्षरहरु बनाउने जमर्कोमा जुटिरहेकोछु । आफैंलाई निहाल्छु धेरै कुराको सम्भावना देख्छु । तर बोल्न खोज्छु मुख थुनिन्छ ! लेख्न खोज्छु कलम रोकिन्छ ! साथ खोज्छु धक्का मारिन्छ ! हिंड्न् खोज्छु खुट्टाहरु लुला हुन्छन् र थाकिहाल्छु ! सोच्न थाल्छु मन उडेर टाढा पुगेर फर्केर आउदैन कि भनी डरले कम्छु खै मेरो जीवन त यी नै २/४ शब्दमा त अल्झेर बिति जाने त होइन ? आफैलाइ सोध्छु , हास्छु, बोल्छु, टोलाउछु र तड्पिन्छु ।यसो गर्दा मलाइ पागल पो भन्छन कि ? यस्तै-यस्तै कुराहरु रुमालिए पनि उम्कन खोज्छु, पाइलाहरु मोडन खोज्छु , अब भएन म फरक तरिकाबाट जिबनका कदमहरु अघि बढाउन चाहन्छु। तर यो निष्ठुरी, स्वर्थी र डाहाडे समाज मलाइ देखि हाँस्छ ।भन्नुस म के गरुँ ?

यी यस्तै एक अर्का प्रतिको रिस, डाहाको कारण पनि हाम्रो समाज अघि बढ्न सकेको छैन ।समृधी र सम्पन्न हुन सकेको छैन । पहिले-पहिले हामिलाइ उच्चस्तरीय शिक्षा चाहियो भनेर आन्दोलन गर्ने जनताको छोराछोरीको माष्टर डिग्रिको सटिफिकेट अहिले सिरानी हालेर सुत्न बहेक अरु केही काममा आको छैन । सरकारले शिक्षा त दियो तर शिक्षा अनुसारको रोजगारी दिन सकेन ।
आज हाम्रो समाजमा हाम्रा देशका युवा अर्थात देशका खम्बा कैयौं बेरोजगारको चपेटामा फसिरहेका छन ।बिना चैन भैतारिएर हिंड्न बाध्य भएका छन । आफ्नो जय जेथ्यो राखेर उच्च- शिक्षा त हासिल गरे कोहि डाक्टर पढे कोहि ईन्जिनियर पढे कोहि अन्य विभिन्न विषयमा पढे तर खै योग्यता अनुसारको जागिर ? के आखिर भैसिको भकारा ? के हलो जुवा सम्मात्ने ? अब त्यो समय पनि छैन । के हल्यो हिंड्यो ? कि खाडि मुलुकमा गएर बलुवा चाल्ने ? तर यो पनि कसै कसैलाई त लाज लाग्छ । ओहो मैले त यत्ती धेरै पढेकाे छु भन्ने हुन्छ भने कसैलाइ शारीरिक अवस्थाले दिदैन ।अन्तत उनिहरु आफ्नो जिबनप्रति घृणा गर्न थाल्छन । जिबनको कु-अर्थ लगाइ समाजमा गलत काम गर्न बाध्य हुन्छन ।

यो सब हुनुको पछाडी के हो ? सरकार ? खोइ सरकार ? कुन सरकार ? कस्को सरकार ? कुन पार्टीको सरकार ?
समाज खोइ रुपान्तरण भएको ? कहिले बन्छ समृद नेपाल ? कहिले फेर्न पाउँछन् जनताले शान्तिको लामो सास ? कत्ती छिटो बिर्सेको तपाइहरुले भोट माग्दा गरेको बाच्चा ?
जुनै जोगि आएता पनि कानै चिरेको ।

अन्तमा : हे सरकार कहिले सम्म हो म जस्तै युवाको जोस र योग्यतालाई कल्पना र कापिको पानामा सजाउने ?

प्रेम जैरु (राममणी)
जिल्ला दोलखा, तामाकोसी गाउँपालिका ४ मालु

6 0

1 thought on “बिरानो समाज, अनि खोइ मेरो सरकार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *