masrum

जंगली च्याउ खाँदा मृत्यु

समाचार
Read Time:1 Minute, 3 Second

भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा आज एक जनाको ज्यान गएको छ । घटनामा तीन जना बिरामी परेका छन् । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका चारमध्ये ३० वर्षीया रामकला महत्राको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको छ । मृतककी छोरी सात वर्षीया बिप, सासू ५८ वर्षीया लालसरी र देउरानी २१ वर्षीया लक्ष्मी महत्रा बिरामी छन् । तीनै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले बताउनुभयो । समस्या जटिल देखिएपछि बुटवल सिफारिस गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिनु भयो ।

1 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *