received_1079058789127729-1

म मर्दिन,काेराेनालाई जिती बाँचेरै फर्कन्छु आमा

विचार / ब्लग
Read Time:4 Minute, 56 Second

कथा : हरि जिज्ञासु – प्राय धेरैकाे लागि प्रिय मान्छे । हँसिलाे मुहार । संधै सबैकाे भलाे चाहाने मान्छे । म भुल्दैन कहिल्यै उसलाई । ऊ हाे मेराे प्रीय साथी । मनकाे साथी । बचपनदेखिकाे साथी प्रबिन ।

पलस टु पास गरेर देशमा भविश्य नदेखेपछि त्रिभुवन विमानस्थलबाट अाकासिएकाे प्रविन, दुबै पुगेकाे थियाे । दुबै सहर हेेरेर मनाेरन्जन लिन हैन । दुबै सहरमा अाकासिएका ठूला घरहरुकाे चिल्ला काेठामा पाेछा लगाउन । दुबै पुगेपछि प्रबिनले मलाई एक पटक भिडियाे कल गरेर भन्दै थियाे । ” देश जस्ताे प्रदेश कहाँ हुदाेरहेछ र हरि । बाध्यताले प्रदेशिनुपर्दाेरहेछ । अाँखाले हेरेर नभ्याउने समुन्द्र छ । ठूला ठूला महलहरु छन् । चारैतिर झिलिमिलि छ । छनु त जतातै मान्छेहरु छन् । तर पनि केहि नभएकाे र काेहि नभएकाे जस्ताे लाग्छ ।

सुनाउथ्याे अाफ्ना बेदनाहरु । सुन्थे म धित मरुन्जेल । अलिकति फूर्षदिलाे हुने बित्तिकै मलाई म अनलाइनम भएपछि कल गरिहाल्थ्याे । भन्थ्याे ” बिदेशमा त माेबाइल र ईन्टरनेट नभएकाे भए पागल भईन्थ्याे हाेला । साथी भनेकै माेबाईल छ हरि । चर्काे गर्मिले न बाँच्न न मर्न बनाउछ । समयमा खाना पाईदैन । मैले बेलाबेलामा सान्तवना दिन्थेँ ।

चाईनामा काेराेना नामकाे राेग उत्पन्न भए लगतै कुरा भाकाे थियाे । “सबै ठीकै छ हरि । काम गरेकै छु । पहिले भन्दा अलि माेटाकाे पनि छु । साहु रिण पनि जेहाेस् तिरिसकें । बरु तिमीलाई कस्ताे छ ?, पढाई कस्ताे हुदैछ । राम्राेसँग पढ है । पढेर केहि गर्नुपर्छ । ” बढाे मिलनसार कुरा गर्थ्याे ।

काेराेनाले बिश्व हल्लाएपछि गत हप्ता प्रबिणलाई कस्ताे छ भनेर कल गरेँ । उसलाई काेराेनाले समातिसकेछ । भन्दै थियाे ” म ठीक छु हरि। काम बन्द छ । रुममा नै बस्छु । एक्लै छु । काेरानाले गाह्राे बनायाे । संसार रुवाईदियाे । झण्डै हामी केहि भाकाे छैन र पाे । सुररछित रहनु है हरि । “

उसलाई काेराना पुस्टी भईसकेछ । तर पनि साथीहरुले र अाफन्तहरुले चिन्ता गर्लान भनेर लुकाएकाे रहेछ । अर्काे दिन फेरि फाेन गरेर मलाई भाबुक कुरा गर्याे ।” हरि गाउँमा फाेन सम्पर्क हुदैन यार । अामासँग खुब बाेल्ने मन लागिराछ । यदि फाेन लाग्याे भने मेराे अामालाई भन्दिनु है ” प्रविनसंग कुरा भाथ्याे अामा । उ राम्रै छ । काम बन्द भएपनि खाना बस्नकाे राम्रै ब्यवस्था छरे भनेर । बुढीले मेराे बढी चिन्ता गर्छिन यार ।”

अर्काे दिन मैले उसलाई फाेन गरेँ प्रबिन कस्ताे छ त्यता अनी कस्ता छाै तिमी ? “अलि बिरामी स्वरमा भन्याे ठिकै छ हरी । बाँचेकै छु ।” उसकाे बिरामी स्वर सुनेर उसका धेरै कुरा खाेतल्न थालेपछि ” भन्याे , मलाई काेराेना पाेजिटिभ भएकाे दुई हप्ता भयाे हरि । घरमा अामा बुवाले चिन्ता गर्लान भनेर भनेन । तँलाईमात्र पहिलाेपटक भन्दैछु । पिलिज हरि म बिरामी भाकाे कुराे मेराे घरमा नसुनाएस् । अामा अतालिन्छन् फेरि । बाँच्ने लेखिएकाे छ भने बाँचेरै अाँउछु, भेट हुम्ला । मर्ने लेखिएकाे छ भने मर्छु ।अर्काे जुनीमा भेट हुम्ला । “

उसकाे भाबुक कुरा सुनेर मेराे अाँखाबाट अाँसु रसाए । भने ” केहि हुदैन तिमीलाई तिमी सन्चाे हुन्छाै ।” चिन्ता नगर सब ठीक हुन्छ भनेर फाेन राखेँ । तेेसकाे अर्काे दिन फेसबुक चलाईराकाे थिएँ । एृउटा समाचार अायाे ” काेराेनाबाट दुबैमा एक नेपालीकाे निधन” म झसंग भएँ डराएर त्याे समाचार पढ्दै जाँदा त्यहि मेराे साथी प्रबिनकाे निधन भएकाे रहेछ । म राेएँ भक्कानिएर । उ त्यसपछि केहिले नेपाल नफ्रकिने भयाे ।

  • हरि जिज्ञासु
4 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *