b

आवाज निर्मलाको: मलाई त न्याय दिन सकेनौ सरकार आफ्नी आमालाइ त बचाऊ

Trending
Read Time:3 Minute, 23 Second

✍️बिन्दा थिङ

म रोए,

कराए, चिच्याए

तर मेरो चीत्कार सुनेन,

जबर्जस्ती लुछ्यो मलाई,

मेरा कलिला अङ्ग अङ्गको स्पर्शमा

आनन्द लियो त्यो पापिले,

म बाट मेरो अस्मिता खोसिदियो,

अन्तत;

मेरो बाच्ने अधिकार पनि लुटिदियो!

भौतिक रूपमा मात्रमरेकी हु म,

ओ होइन;

मारेको हो मलाई

अझै मेरो आत्मा

यहि भौतारिरहेको छ,

“जबसम्म त्यो पापिले सजाय पाउदैन,

तब सम्म मेरो आत्मालेशान्ती पाउनेछैन ।

“हिजोसम्म म मैले न्याय पाउनुपर्छ

भन्दैअदृश्य रूपमा प्रस्तुत भैरहे…

कहिले पत्रीकाको फ्रन्ट पेजमानिर्मलाले न्याय कैले?,

कहिले सामाजिक संजालमासरकार भेटियो तर न्याय भेटिएन

जस्ता क्याप्सनसहितका मर्मस्पर्शी तस्वीरहरु बनेर,

कहिले अरु थुप्रै निर्मलाहरुको मनमा असुरक्षितको डर बनेर,

त कहिले आमाको आखामा आशु बनेर!

मेरो न्यायको खातिर कलम चलाउने इमानदार हातहरु,

आवाज उठाउनेदृढ मनहरु,

सबै सबैमा म कृतज्ञ छु!

तर आज म मेरो न्यायको निम्ति कलम चलाउन,

आवाज उठाउन भन्दिनँ,

किनकि;

मलाई थाहा छ, त्यो पापी गतिलो छत्रछाया पाएको मान्छे हो!

मान्छे पनि के भन्नू खै पशु हो!

मलाई त मेरो आफ्नैघरकाले नै लूटेकाे हो,

तर आजआमालाई त छिमेकीले दिनरात केही नभनी लुटिरहेको छ,

हिजो त्यो पापिले लुछिरहदा जति दुखेको थिएनत्यो भन्दा बढी दुखिरहेको छ आज मलाई !

किनकीमेरा कानहरुले आमाको चीत्कार सुनिरहेका छन्,

मेरा आखाहरुले आमालाई नङ्याइरहेको दृश्य देखिरहेका छन्,

मेरो मनले आमाकोपिडा महसुस गरिरहेको छ !

मैले त न्याय पाइन,

अब त आश पनि छैन!

तर अब अति नै भयो,अन्यायले पराकाष्ठ नै नाघ्यो!

आमाको चीत्कार तिमिहरुलेअब सुन्नैपर्छ!

जुन आमाको कोखमा बास लिग्यौ,

जुन आमाको काखमा खेल्दै हुर्कियौ,त्यही आमाको पनि रक्षा गर्न सक्दैनौ भने;

तिमिहरु धर्तिका बोझ मात्र हौजिउदै मरेतुल्य !!!

ओ हेलो;

म तिम्लाई पनि भन्दैछु !

हो, तिम्लाई…मेरो चीत्कार नसुनिनसुनि

मलाई लुटिरहदा तिम्ले जुन मज्जा लिएथ्यौ,

त्यही मज्जा आज छिमेकीलेलिइरहेको छ!

तिम्रै आमालाई लुटेर,

ए होइन होइन:

हाम्रो आमालाई लुटेर!!!मलाई लुछिलुछी मारेकोमा

तिमिलाई आत्मग्लानि छ छैन थाहा छैन,

तर यदि आमालाई मार्नबाट बचाउछौ भने सायद म तिमिलाई माफ गरिदिन्छु !!!!!

1 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *