pm__oli.2e16d0ba.fill-650x500

लकडाउनलाई कडाई गर्न प्रधानमन्त्रीले दिए कडा निर्देशन

समाचार
Read Time:1 Minute, 36 Second

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन अझै कडा पार्न निर्देशन दिएका छन् । पछिल्लो समय काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो बन्दै गएको थियो भने अब लकडाउन कडा गर्न समितिलाई कडा निर्देशन दिएकाछन ।

कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा लकडाउन खुकुलो पारिएको थियो ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौंको लकडाउन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खोल्ने नाममा प्रभावकारी नभएको भन्दै असन्तुष्टि पनि जनाएका थिए । उनले आर्थिक गतिविधि भन्दा मानिसको जीवन ठूलो हुने भएकाले लकडाउनमा कडाइ गर्न निर्देशन दिएका एक मन्त्रीले जानकारी दिए ।

आजै उच्चस्तरीय समितिको बैठक बस्ने तयारी छ । उक्त बैठकले उपत्यकालगायत विभिन्न क्षेत्रमा लकडाउन कडा पार्ने बारेमा निर्णय गर्ने भएको छ ।

नेपालमा आज मात्र थप ५७ जनामा कोभिड–१९ पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छन् भने निको भएर जानेहरु ३३ जना छन ।

1 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *