जिबन हनग्क्षेन– हिजो मिति २०७७/१/३० गते का दिन प्रदेस नम्बर १ पाँचथर जिल्ला फालेलुङ गाउँपालिका वडा नम्बर ६ स्थित रहेको (सन्दकपुर आहाल गैरी) क्षेत्रमा भारत सरकार बाट सिमा अतिक्रमण भएको जानकारी प्राप्त अनुसार फालेलुङ्ग गाउँपालिका प्रमुख सन्चकुमार केरुङ्ग फालेलुङ्ग ५ नम्बर वडा प्रमुख जीवन कुमार राई फालेलुङ्ग ४ नम्बर वडा प्रमुख बिद्दिमान साउदेन (बिस्वास)इलाका प्रहरी कार्यालय इन्चार्ज सोमनाथ ढुंगाना प्राङ्बुङ्ग प्रहरि चौकि इन्चार्ज मिलन कुमार श्रेष्ठ साथै अस्थाई ससस्त्र प्रहरी बल का स प्र ना नि यज्ञ बहादुर बस्नेत को टोलि एबम प्राङ्बुङ्ग स्पोर्टिङ्ग क्लब का अध्यक्ष लाल कुमार खपाङ्गी समाज सेबि सिल्प कुमार राई लगायत सिमावर्ती क्षेत्रमा रहेका चौरिपालक समूह समेत अनुगमन का लागि सो क्षेत्रमा पुगि अध्यन तथा सुपरिबेक्षेण गर्दा सिमा पिलर नम्बर ५७/३ , ५७/४ जङ्गे पिलर ५८/९ मध्ये पिलर नम्बर ५७/४ को पिलर नभएको तर भारत सरकार को नक्सामा देखिएको उक्त पिलर देखि १०० मिटर नेपाल को भुभाग लाई भारत सरकार बाट अतिक्रण भएको देखियो सो सम्बधित भारतको सिमा बल एस एस बि र सम्बन्धित निकाय संग बार्ता गर्दा कुनै निकास नआएकोले नेपाल सरकार को सम्बन्धित निकायमा तत्कालिन जानकारी गराउने स्थानिय सरकार द्वारा निस्कर्षमा पुगियो ।
