काठमाडौं : सर्लाही रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी एक युवतीलाई कोभिड–१९ पोजेटिभ देखिएको छ । उक्त युवतीमा कोरोना पोजिटिभ देखिए सँगै बुढानीलकण्ड नगरपालिकाका वडा नं १०,११ र १२ लाई शिल गर्ने घोषणा गरेको सोही नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो ।
हाल संक्रमित युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ भने युवतीको परिवारको रिपोर्ट नेगेटिभ आएको छ । युवतीको रिपोर्टमा पोजेटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गर्नु पर्ने भएको प्रवक्ता भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार, आज ३ बजे बसेको नगरपालिकाको बैठकले थप सुरक्षा व्यवस्था गर्न अनिवार्य रुपमा वडा शिल गर्नु पर्ने निणर्य गरि सूचना जारी गरिएको हो। उक्त क्षेत्रमा एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक समेत परिचालन गरिने निणर्य भएको छ । यदि कहिँ कसैलाई जटिल परिस्थिति भएमा वा अत्यावश्यक स्वास्थ सम्बन्धि समस्य परेमा, केही जनप्रतिनिधिहरुलाइ प्रत्यक्ष फोन गर्न सक्नुहुन्छ भन्दै मोबाइल नम्बर सहित सर्बजनिक गर्नु भएकोछ ।