FB_IMG_1589780910148

नागरिक आफै जिम्मेवार बनौं सरकारको मात्रै मुख नताकौ Covid-19

विचार / ब्लग समाचार
Read Time:4 Minute, 45 Second


रेशम कुमार सुनुवार : के लकडाउनले मात्रै कोरोना नियन्त्रण सम्भव छ? नेपाल लगायत विश्वका कैयौ राष्ट्रहरुले कोरोना नियन्त्रणको लागि लकडाउन गरीरहेका छन् । नेपालमा पनि लकडाउन चलीरहेको लगभग झन्डै दुई महिना पुरा भई सक्यो । र लकडाउन पुन बढाउने नेपाल सरकारले निर्णय गरेको छ । विश्व स्वस्थ्य संगठनले पनि कोरोना नियन्त्रणको लागि लकडाउन अनिवार्य रहेको बताएको छ । अमेरिका लगायत कतिपय राष्ट्रहरुमा लकडाउन खुकुलो भएकै कारण संक्रमितको संख्या बढेको र मर्नेहरुको संख्या पनि उच्च दरमा बढीरहेको हो ।

नेपालमा पनि लकडाउन हुँदा कम दरमा संक्रमितहरुको संख्या बढीरहेको र बीचमा चलकडाउन अलिक खुकुलो गर्ने वित्तिकै संक्रमितहरुको संख्या हवात्तै बढेको र दुईजनाको ज्यान पनि गईसकेको छ । के लकडाउनले मात्रै नेपालमा कोरोना नियन्त्रण सम्भव छ? लकडाउन हुँदा हुँदै पनि किन संक्रमितहरुको संख्या जताततै फैलीरहेको छ? यसको लागि गम्भीर भएर सोच्नु आवश्यक छ । लकडाउन जारी हुँदा पनि भारतबाट कैयौ मानिसहरु विभिन्न माध्यमबाट नेपाल प्रवेश गरीरहेका छन् । लुकेर, चोर बाटोबाट, हिडेर गाउँवस्ती पुगीरहेको समाचारहरु आईरहेका छन् । भारतले पनि नेपालीहरुलाई सीमानमा ल्याई पुराई पुरा भीड लगाईरहेको र धेेरै संख्यामा भारतीय सीमाना हुँदै नेपालमा प्रवेश गर्ने क्रम जारी छ । अहिले कोरोना फैलिएको र संक्रमित व्यक्तिहरु प्राय भारतबाट नेपाल छिरेको व्यक्तिहरु रहेको तथ्याङ्कहरुले देखाईरहेको छ । काठमाडौ लगायत नेपालको विभिन्न जिल्लाहरुमा र टिचिङ्ग हस्पिटल लगायतका क्षेत्रहरुमा कोरोना फैलिनु र दुईजनाको निधन हुनु भारतबाट आउनेहरु नै भएको र भारतबाट आउनेहरुको कुनै न कुनै तरिकाले लिङ्क देएको देखिन्छ । अझै भारतबाट मानिसहरु नेपाल प्रवेश गरीरहेको र ती मानिसहरु क्वारेन्टाईनमा बसेका छन् कि छैनन? भन्ने कुरा नै ठूलो चुनौती भएको देखिन्छ ।

अहिले आम जनसमुदाय र हरेक नेपाली नागरिकहरुले जिम्मेबार भएर आ आफनो क्षेत्रबाट लाग्नु जरुरी देखिन्छ । लकडाउनको पालाना नगर्ने, भारतीय सीमानामा कडाई नगर्ने, नेपालबाट बाहिर आएकाहरु क्वोरन्टाईनमा नबस्ने, संक्रमितहरुको को कस सित सम्पर्क थियो भनेर निगरानी गर्न नसक्नु, समाजिक दुरी कायम नगर्नु, भीडभाड गर्नु, हात नधुने, सरसफाई लगायतका अन्य कुराहरुको सुरक्षाको वेवास्ता गर्नु अनेक प्रकारको चुनौतीहरु बग्रेल्ती छन् । सरकार एक्लैले मात्रै यो काम गर्न सक्दैन । यसको लागि हरेक नागरिकले जिम्मेबार बनेर कोरोना नियन्त्रणमा सहयोग गर्नु आवश्यक देखिएको छ ।

अहिले सुरक्षाकर्मीहरु, स्वस्थ्यकर्मीहरु नै संक्रमित बन्न थालेपछि झन थप चुनौती बढदै गएको देखिन्छ । यो पनि पिपिई को अभाव र अन्य सुरक्षा सामाग्रीको कमी र समाजिक दुरीको पनि अभाव खट्किएर समस्या थपिएको देखिन्छ । सरकारदेखि आम नागरिक सबैले आ–आफनो क्षेत्रबाट गम्भीर र सम्वेदनशील बनेर लागेन भने लकडाउनले मात्रै कोरोना नियन्त्रण कठिन देखिन्छ । त्यसैले सबैजना कोरोना नियन्त्रणको लागि सम्वेदनशील बन्नु पर्ने देखिन्छ । ख्याल ख्याल गर्नु गम्भीर भूल हुनेछ र सबैले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । सबैलाई चेतना भया ।

3 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *