श्रीमान-श्रीमती एकै साथ डिएसपीमा बढुवा सिफारिस

समाचार
Read Time:1 Minute, 24 Second

काठमाडौं : गत आइतबार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले ६० प्रहरी निरीक्षकहरु (इनेस्पेक्टर) लाई, प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेका छन । उक्त बढुवा समुहमा एक जोडी पनि एक्कै चाेटी बढुवामा सिफारिस भएका छ्न ।
प्रहरीमा पति पत्नी एकै पटक डिएसपी हुने अवसर पाउने शर्मिला गुरुङ र अनिल कुमार घिमिरेको जोडी हो।

उनीहरु १० वर्षअघि २०६७ भदौमा प्रहरी निरीक्षकबाट सिधै प्रहरी सेवा प्रवेश गरेका थिए। यस पटकको बढुवामा गुरुङसँगै नेपाल प्रहरीका चार महिला इनेस्पेक्टरहरु डीएसपीमा बढुवका लागि सिफारिस भएका छन्।

महानगरीय प्रहरी प्रभाग, बल-म्बुको नेतृत्व गरिसकेकी गुरुङ हाल प्रहरी मुख्यालयमा छिन्। प्रहरी संगठनभित्र उनको व्यावसायिक र निड-र अधिकृतको छवि छ। घिमिरे संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत छन्। घिमिरे पनि क्षमतावान र व्यावसायिक प्रहरी अधिकृत हुन्।

3 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *