लेडिज छाता……

विचार / ब्लग
Read Time:20 Minute, 46 Second
  • सिमियोन रोक्का : रातभर पानी परिरह्यो ! एकनास ! रोकिने कुनै टुंगो बिना नै निरन्तर परिरहेको पानी बिहान भने रोकिइछ । झ्यालबाट सधा झै मलाई सोध्दै नसोधी घाम भित्र छिरे संगै मेरो आँखाहरु खुले ! सिरानमुनिको मेरो मोबाइलको घडीले कुनै हतार बिना बिहानको ८ बजाउदै रैछ ! मलाई अझै सुत्नुमा कुनै मन भएन भने उठ्नुमा कुनै तुक थिएन । उठे, इलेक्ट्रिक जारमा पानी तताउन राखे, बाथरुममा छिरे र फ्रेस हुन्छु भनेर, मुख धुदा धुदै आफ्नो अनुहार निंगाले, हिजो आज धेरै सुतेर होला, अनुहार फुले जस्तै भएका थिए । तर अफसोस भएन, धेरै काम भएको बेला ‘मस्त सुत्न पाए त !’ भन्ने रहर पुरा भएको छ ।

पानी तातिसकेको थियो, आफ्नो कपमा कफी राखे र चिनीका कणहरु त्यसमा खन्याउदै कफी र चिनीलाई एकअर्कामा घोले ! सिसाको कपमा कफीले आफ्नो रंग देखाउदै थियो । कफीको कप समाउदै, ढोका खोले । आकास खुल्ला जस्तो देखिन्थ्यो । ढोका अगाडि पानीका बाछिटाले भिजेर लुत्रुक्क भएका पत्रिका उठाए । लुत्रुक परेको पत्रिकाले म मा भएको अलिकता जोसको घाटी निचोरिरहेको थियो । कफीको कपलाई साइड लगाए र आफु पनि लुत्रुक भएर बेडमा नै पल्टिए !

मलाई कही जानु थिएन ! केही काम थिएन, जागिर पनि, अ ! जागिर पनि थिएन ! आज चौथो दिन हुदै थियो जागिर छोडेको ! त्यसैले त ८-९ बजे सम्म आरामले मस्त सुत्दै थिए !
नत्र भने ६ नै बजे उठेर खाना बनाएर खाएर ८ बजे अफिस निस्किनु पर्थ्यो, तै पनि सार्वजनिक सवारीमा खचाखच गरेर ।

मैले आफ्नो कपको कफी सकाए !
मेरो आँखा मेरो कोठाको कुना पट्टिको र्र्याकमा गयो केहि दिन अघि सम्म लामो समय देखि त्यहाँ एउटा छाता थियो । तर त्यो छाता अहिले त्यहा छैन । छाता त्यसै त्यहि हुदा सम्म मलाई वास्ता लागेन तर आज त्यहाँ छाता नहुदा केहि नभए जस्तो लाग्दै थियो !
पानी फेरि पर्न सुरु गर्न लाग्यो ! झम झम पानी परिरहेको थियो । जति नै पानी परे पनि मैले जीवनमा कहिले छाता लिएर हिड्न जानिन ! एक प्रकारको झन्झट लाग्छ, छाता बोक्न ! बल्ल बल्ल मिलाएर ब्यागमा राख्यो । झरर् पानी पर्छ, एकै छिनमा पानी रहन्छ अनि चिसो छातालाइ फेरि मिलाउ ! चिसो छाता लाई ब्यागमा राख्न मिल्दैन अनि हातमा हल्लाउदै हिंड्नु बाहेक अरु विकल्प रहन्न । छाता त्यसै बोक्दा कति छाताहरु त्यसै बिर्सेर हिडेको किस्साहरु पनि हुन्छन ! कहिले बसमा, कहिले क्याफे-रेष्टुरामा, कहिले अफिस, कहिले साथीकोमा, कहिले बाटोमा ! अनि अहिले आएर जान्दै छु, झरी पर्दा मात्र छाताले साथ देखाउछ नत्र त त्यो बेकम्मा बनेर औकात देखाउछ, किनकि जसरी स्वार्थ पुरा भए पछी सम्बन्ध बोझ लाग्छ त्यसै गरी पानी रोकिए पछी छाता .

मेरो र्याकको छाताको किस्सा भने अलि फरक छ ! मेरो जीवनमा कोहि थियो जो संग मैले एउटै छातामा ओत लाग्ने प्रयास गरेको थिए । तर जीवनमा आएका ठुला ठुला आधिबेरी सहितको बर्षातमा एउटै छातामुनि दुई जीवन असम्भव हुने रहेछन् ।
म अझै सम्झन्छु, साझको प्रहर थियो ! मलाई एउटा कल आयो !
कल उठाउदै गर्दा चिनेको जस्तो लाग्ने एउटा आवाजले मलाई प्रश्न तेर्स्याए, “मनराज सर होइन ?”
मलाई झुट बोल्नु थिएन अनि आफ्नो नाममा कसले झुट बोलोस ?
“हजुर, म मनराज बोल्दै छु ! भन्नुस !”
“सर म सुधा बोलेको । सरले मलाई दिउसो कल गर्नु भएको थियो नि ! नवलपरासीको लागि ”
बल्ल गाँठो खुले जस्तो लाग्यो !

अफिसले नवलपरासी ब्रान्चको लागि नयाँ स्टाफहरु खोजि गरे संगै नयाँ कामदारका लागि फर्म भरेकी उ सुधालाई नवलपरासी धेरै टाढा भयो रे ! काठमाडौं अफिस नै भए काम गर्ने रे ! मैले उसलाई दिउँसो नै कुरा टुंग्याउदै भनि सकेको थिए कि हामीलाई स्टाफ चाहिएको नवलपरासीलाई हो काठमाडौंलाई होइन भनेर !
तर अचम्म, उसले मेरो व्यक्तिगत नम्बर कसरी थाहा पाई ?
मैले यो प्रश्न उसलाई सोधे, “तपाईले मेरो नम्बर चाहिँ कहाँबाट पाउनु भयो ?”
“मैले अफिसमा फोन गरेको थिए । तपाई निस्किसक्नु भएछ । त्यसैले त्यहिबाट तपाईको नाम लिएर नम्बर मागेको । मलाई जव को खाचो छ, प्लिज मलाई यता नै अफिसको लागि सानो तिनो जस्तो भए पनि काम मिलाइदिनुस ! म तपाईको ऋणी हुने छु ।” भन्दै उसले आफ्ना समस्याका पहाडहरु मलाई सुनाउन थाली ।
मैले उसको अनुरोधलाइ बिचाराधिन राखे, स्टाफ चाहिएको नवलपरासीलाई हो तर उसको समस्याहरुका कुराले मैले एक चोटी बिचार गर्नु पर्ला जस्तो लाग्यो र म एक चोटी सोच्न बाध्य भए ।

मैले भोलिपल्ट मेरो हाकिमसंग कुरा गरे, एकाउन्ट सेक्सनको लागि एक जना स्टाफको खाचो छ भने र सुधाको बारेमा बताए । उहाले बिचार गरेर राख्नुस भनेर निर्णयको भार मलाई नै थमाइदिनु भयो ।

मलाई याद छ उसको पहिलो दिन, पहेलो कुर्तामा आएकी उ कति सरल थिई । सबै भन्दा उसको आदर गरेर बोल्ने बानी र संगैसंगै मेहनती स्वाभावले म प्रभावित भएको थिए । उसले मलाई आदर साथ बोल्थी ।

उसको लागि सबै भन्दा पहिला आर्थिक वर्ष अन्त्य हुन लागेकोले धेरै कामहरु थिए । मैले हाकिमबाट पनि त्यस्तै खाले प्रतिक्रिया पाएको थिए कि उसको यति बेलाको काम हेरेर मात्र राख्ने वा नराख्ने निर्णय गरौला भनेर । त्यसैले उसको अगाडि एउटा चुनौती थियो ।
उसको अनुरोधमा मैले उसका चुनौतीहरुमा साथ दिए । उसलाई धेरै कामहरु सिकाउदै र सघाउदै गए । नयाँ भएकोले साधारण कुरा पनि उसलाई गर्न आउने थिएन । मैले उसका कामहरु घरमै गरेर भए पनि आफैले सकाएर दिन्थे किनकि मैले उसको सरल व्यक्तित्वलाई मन पराउन थालेको थिएप ।

उ पातली, लामो कपाल भएको चन्चले स्वभाव तर मेरो अगाडि शालीन, शान्त र धेरै नबोल्ने अनि केहि गाली गर्यो भने सजिलै आसु झर्ने ! गोरी पनि होइन अलिकता काली जस्तो देखिने तर कुनै पनि सृंगार बिना नै सुन्दर ! लिपिस्टिक नलगाए पनि उसका ओठहरु कति सुन्दर थिए । सबै भन्दा त सुन्दर उसका आँखाहरु अझै ति आँखाका नजरहरु जो एकदम निर्दोष देखिन्थे ।

हामी अफिस सके पछी गफ गर्दै बसपार्क सम्म आइपुग्थेउ । कहिलेकाही बसपार्क नगई हामी त्रिपुरेश्वर सम्म संगै हिड्ने गर्थेउ । उ आफ्नो कोठा सर्ने योजनामा थिई ।
मैले उसलाई एक दिन संगै बस्ने प्रस्ताव गरे । हामी केहि दिन संगै बस्न पनि थालेउ । कुनै लिभिङ्ग टुगेदर भन्दा कम थिएन हाम्रो बसाइ । उसले मिठो खाना बनाउथि । हामी संगै खाना खान्थेउ संगै अफिस जान्थेउ । संगै बस्थेउ तर अविवाहित हामी कति दिन त्यसरी संगै बस्नु ? मेरो बिवाह भन्दा पनि पहिले मेरो भाइको बिवाह गराउनु थियो, मैले त्यसको निम्ति पैसा जम्मा गर्दै थिए ।

मेरो साथ र प्रेममा उसले आफ्ना धेरै कुराहरु परिवर्तन गर्दै थिइन् । सबै भन्दा पहिले उसले आफ्नो कोठालाई स्थानान्तर गर्दै बानेश्वरमा एउटा फ्लाटमा बस्न थालि । मलाइ याद छ त्यति बेला उ संग फ्लाटको लागि एक महिनाको भाडा तिर्ने पैसा पनि थिएन अनि घरबेटीलाई एक वर्षको भाडा चाहिएको थियो । मैले मेरो भाइको बिवाहलाई साचेको पैसा उसको एक वर्षको भाडा तिर्नमा लगाए । उसका कोठाहरु सबै खाली थिए, भित्रि इन्टेरियल सबै नयाँ परिवर्तन गरे । हामी त्यहि संगै बस्थेउ ।

उ मेरो अँगालोमा घन्टौ घन्टा कुरा गरेर बस्थि । हामी कहिले सपिङ्ग जान्थेउ, कहिले QFX, अफिस बाट आएर संगै अंगालिएका हामी कहिले बिहान हुन्थ्यो थाहा नै पाउने थिएनौ ।
उ कहिले काही सोध्थी, “मैले त्यस दिन कल नगरेको भए आज हामी यसरी संगै हुने थिएनौ होला है ?”

मेरो घरमा गाउबाट भाइ आएले म उसको फ्लाट जान अलि कम गरेको थिए ।
एक दिन अफिस छुटेर हामी बाटोमा संगै हिड्दै थियौ । एक्कासि पानी पर्न लाग्यो । उसले हतनपत्त आफ्नो ब्यागबाट पर्पल कलरको लेडिज छाता निकाली । उसले छाता निकाल्दा सम्म म आंशिक भिजिसकेको थिए । हामी एउटै छातामा थियौ । छाता सानो भएकोले दुवै जना साइड साइड बाट भिजिरहेका थियौ । म अलि अग्लो भएकोले छाता मेरो हातमा थियो । मैले बाटो मै भए पनि उसलाई अँगालो हाले र एउटै छातामा आउनको लागि चाहिने सामिप्यता कायम गरे । जाडोले उसका ओठ थर-थराएका थिए ।
मैले बर्षातमा उसलाई सोध्दै थिए “भोलि कति बेला जाने हो ?”
हाकिमको एउटा टिम नवलपरासी जादै थिए । यसपाली अफिस अवलोकनको लागि सुधा पनि जादै थिइ ।

केहि दिनको लागि मात्र जादै थिए तर पनि कता कता दुख लागे जस्तो भइरहेको थियो । छुटिने बेला उसले छातालाई तल पार्दै मेरो ओठमा किस गरि र भनि, “I will miss you”
त्यति बेला समय त्यहि रोकिए हुन्थ्यो जस्तो लागि रहेको थियो । हामी बिच पहिले पनि अधरपान नभएका होइनन तर मलाई त्यति बेला खास लागि रहेको थियो । साझ पर्न लाग्दै गर्दा, वरपर पानी पानी भैरहेको थियो । उसका कपालहरु भिजेका थिए । मैले पानी जोड संग बजारिदाका दुखाईलाइ महशुस गर्दै थिए । सबै स्तब्द भए जसो, उसको ओठहरुले मेरा ओठ चुमिरदा उसको छाताले नजर झुकाएर हामीलाइ निथरुक्क पार्दै थियो । उसका छातीहरु भिजेका लाजहरु लुकाउन मेरा छातीमा टासिएका थिए । मैले सम्हालिदै उसलाई भने, “राम्रो संग जाउ !”

उसले ट्याक्सीमा बस्दै गर्दा मलाइ आफ्नो छाता दिदै भनि, “पानी पर्दै छ । लिउ यो, धेरै नभिज ! आजको लागि तिमो सहारा !”
छाता समाए र ट्याक्सीको बानेश्वरसम्मको भाडा तिरिदिए र म भने बस कुर्न थाले । पानी अझै दर्किरहेको थियो .
जीवनमा पहिलो चोटी लेडिज छाता समाउदै थिए, अघि उ संगै हुदा त केहि फरक परेको थिएन तर उ गए पछि लेडिज छाता प्रयोग गर्न अप्ठ्यारो लाग्दो रैछ । हुन त पानी छेक्ने न त हो तै पनि किन छुटै बनाएको होला के बुट्टेदार छाता ? खै किन हो लेडिजको निम्ति सबै कुराहरु फरक हुन्छन । इभन कलर र डिजाइन पनि !
मैले उसको छातालाई मिलाएर कोठाको कुना पट्टि र्याकमा राखे !
केहि दिन मलाई छटपटी भयो । उ बिनाका यी समयहरु मलाई कष्टकर लागिरहेको थियो । मैले उसको छातालाई हेरिरहे । एक टक लगाए । छातालाई हातमा लिए, खोले । कति सुन्दर छाता थियो उसको ! मिक्किमाउसको कार्टुन भएको पर्पल कलरको छाता ! हेर्दै लाग्थ्यो, लेडिज कलर अनि लेडिज डिजाइनको लेडिज छाता !
केहि दिन पश्चात सुधा काठमाडौं आइ । मैले थाहा पाए उ आएको तर उ अफिस आइन । मैले कल गरे, कल रिसिभ भएन । म एक प्रकारको तनावमा भए ।
काठमाडौं आएको ३ दिन पछाडि उ अफिस आइ ।
मैले उसलाई स्पष्टीकरण मागे । उसले म संग कुरा गर्न चाहिन । म अचम्ममा परे !
मैले कल नगरेर हो कि जस्तो लाग्यो । सरी भनेर अनेकन म्यासेज पनि गरे । उ आउने बाटो कुरेर बसे । उ जाने बाटो ढुकेर बसे तर उ मसंग बोल्न चाहिरहेकी थिइन ।
केहि दिन फेरि उ अफिस आउन छाडी ! मैले गाइगुइ अनेक कुरा सुन्न थाले । मेरो दिमाखले काम गर्न छाडे । म अफिस बाट सिधा उसको फ्लाटमा पुगे । उ सोफामा बसेर टि भी हेर्दै थिइ । मैले सिधा उसलाई प्रश्न गरे, “के यो हो यो पारा ?”

उसको शिर निहुरियो । मैले उलाई समातेर उठाए र भने, “तिमीलाइ भको चाहि के हो ?”
उसले मलिन स्वरमा भनि, “मलाई केहि भको छैन, मेरो हात छोड !”
उसको आखाबाट आसु झर्यो । मैले उसको हात छोडे र सरी भनेर माफी मागे । आफु तिर तानेर उसलाई आफ्नो छातीमा राखे, उसको आशु पुछिदिए, चिउडोमा समाएर उसको शिरहरुलाइ ठाडो बनाउन लागे, उसलाई माया गर्ने अभिप्रायले उसको ओठ नजिक पुग्दै गर्दा उसले मलाई प्रतिकारको शंज्ञा दिई । मैले जवर्जस्ती उसलाई ताने र उसलाई किस गर्न लाग्दै गर्दा उसका हातहरु मेरो गालामा परे जसलाई झापड भनिन्छ होला !
उसले मलाइ भनि “तपाई यहाँबाट जानुस होइन भने म चिच्याउछु ! वर पर महिलाहरु बस्छन । जबजस्ती करणीमा पर्नु होला ! यहाँ वरपरका महिलाहरुलाई गुहारे भने तल माथि कहि को पनि नरहनु होला ।”

म एक छिन छाँगा बाट खसे झैँ भए । यहि कोठाहरु हुन जसमा उसको इच्छा हुदा केहि करणी थिएन । सोफा त्यहि हुन, बेड त्यहि हुन जो सबै कुराको साक्षी छन तर आज मात्र उसको मन परिवर्तन हुदा अब करणी हुने भयो ? उसको मेरो बिच हुन बाकी चाहि के थियो र, अब करणी हुन ? कहिले काही मलाई इच्छा नहुदा त कहिले पनि यस्तो करणीको कुरा गरिन ।

म त्यहाँबाट फरक्क फर्किए, एक छिन त लागेको थियो गएर दुइ चड्कन लगाइदिन्छु । आखिर माया गर्छू । उसको निम्ति अब मैले गर्न चाहि के बाकि रहे ?
म भोलि पल्ट अफिस गए । काम गर्ने मन नै थिएन । दिउसो तिर देखे सुधा पनि आएकी रहिन्छ । साझ पर्न लागेको थियो मलाइ हाकिमको कोठाबाट कल आयो । हाकिमले बढो सालिनतामा मलाई भन्नु भयो “मनु, तिमी भोली बाट नवलपरासी अफिस जाउ है ! तिमी त्यता सम्हाल ।”

म केहि नबोली त्यहाँ बाट निस्केर आए । झ्यालमा हेरेर टोलाउदै थिए सुधालाई हाकिमको गाडीमा बसेर हाकिम संगै निस्केको देखे, नौलो लागेंन । साथीहरुले हिजो नै हाकिम र उसको सम्बन्धका बारेमा बताइसकेका थिए । नवलपसारीमा हाकिम प्रति सुधाको व्यवहार, उनीहरु सम्बन्ध !

छाता उठाए । पानी झम झम परिरहेको थियो । मेरो हातमा छाता थियो । तर म भिजिरहेको थिए । मलाई त्यो छाता खोल्न मन लागेंन । त्यो छाता ओढ्न मन लागेन .
अफिस छिर्ने बितिक्कै चकित भए, मेरो कुर्सीमा सुधा थिइ । मलाई देख्ने बितिक्कै उसका नजरहरु अन्तै घुमिरकेका थिए । मैले सहकर्मीको प्रिन्टरमा फाइल पठाए । प्रिन्ट भए पछि सुधाको अगाडि भएको पेन झिके जो हिजो सम्म मेरो थियो र साइन गरेर उसको अगाडि राखिदिए र भने, “सायद मैले हाकिम लाई भेटिराख्नु पर्दैन होला । यो मेरो रिजाइन !”
“अनि बधाई छ प्रमोसनको लागि ! मिस सुधा विस्वकर्मा !”

मैले उसको छाता उसको टेबलमा राखे र भने “यो तिम्रो छाता ! लेडिज छाता ! तिमीलाई मात्र काम लाग्छ, दिदा मेरो सहारा भनेर दिएकी थियौ . म जस्तो सुकै साना ठुला हुरी र बर्षात छाताको सहारा बिना कटाउन सक्छु । सहारा त तिमी जस्ता केटिलाई आवश्यक पर्छन, पर्नेरैछन . सयको रिचार्ज देखि बैक ब्यालेन्स सम्म, लगाउने इनर देखि खाने डिनर सम्म ! सर्वाजनिक बस सिट देखि संसदको सिटसम्म ! सहारा, छहारी, अधिकार, ओत्, नारी स्वतन्त्रता, महिला आयोग अधिकार ! कति बेला कसलाई कसरी प्रयोग गरेर तिम्रा समस्या बाट कसरी ओत् लाग्ने राम्रो संग जानेका तिमी, आफुले चुकुल लगाउदा सेक्स र पुरुषले चुकुल लगाउदा बलात्कार भन्ने तिमी जस्तालाई आवश्यक परिरहन्छ नारी अधिकार र सहारा यस्ता लेडिज छाता !

बाहिर पानी परिरहेको थियो । म छाता र सहारा बिहिन त्यहाँबाट निस्के । निथ्रुक्क भिजे पनि, साचै हामी केटाहरुलाई सितिमिति छाता चाहिदैन झन् लेडिज छाता, सानो तिना आधिहुरी समस्याको सामाना गर्ने आट राख्छौ, अरुको सहारा बिना !

8 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *