photo

शिखर सन्तोषको ‘कोरोनाको महामारी’ म्युजिक भिडियो सार्वजानिक

समाचार
Read Time:1 Minute, 53 Second

काठमाडौं— नेपाल देशमा मात्रै नभएर विश्वमा नै कोरोना भाइरसको महामारी तथा त्यसको संक्रमणबाट बच्नकोलागि सरकारले लागू गरेको लकडाउनमा आधारित भएर जनमानसमा सजगता अपनाउनु पर्ने थुप्रै गीत–सिर्जना गरिएका छन् । महामारीबाट कसरि जोगिने भन्ने सन्देश बोकेका गीत–संगीतहरुलाई दर्शक तथा स्रोताले औधिमन पराएका छन् ।

यसैबीच संगीतकार शिखर सन्तोषको संगीत तथा निर्देशनमा त्यस्तै भावना बोकेको सन्देशमूलक गीतको म्युजिक भिडियो दर्शक तथा स्रोता बीच भर्खरै शिखर सन्तोषको आफ्नै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

उक्त गीतमा स्वरका धनि रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, प्रविशा अधिकारी, र रोशन अधिकारी आदि गायक–गायिकाहरुको स्वर सुन्न सकिन्छ । गीतका शब्द डा.दुबसु क्षेत्रीले रचना गरेका हुन् । सो गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ, भने गीतको भिडियोमा दीपाश्री निरौला, सरिता लामिछानेसहितका कलाकारहरु को अभिनय हेर्न पाइन्छ ।

विरेन तितुङद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् भने थ्रि क्याप्स टिमले यसलाई निर्देशन गरेको हो । पूनम आर सुवदीले उक्त गीतलाई प्रस्तुत गरेकी हुन् ।

2 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *