थाइराइड के हो, कसरी बच्ने ? कस्ता हुन्छन लक्षणहरु ?

Trending
Read Time:7 Minute, 36 Second

थाइराइड के हो ?

काठमाडौँ : थाइराइड शरीरको एक ग्रन्थी हो । हाम्रो शरीर करोडौँ कोष मिलेर बनेको हुन्छ । ती कोषको विकासमा थाइराइड हर्मन अत्यावश्यक हुन्छ । थाइराइड हर्मोनविना बाँच्न नै असम्भव हुन्छ । शरीरका कोष तथा तन्तुलाई विकास र परिपक्व बनाउने थाइराइड सबै मानिसमा हुन्छ । यसकारण थाइराइड हुनु समस्या होइन । तर, थाइराइडमा आउने उतारचढाव समस्या हुन सक्छ । शरीरमा आवश्यकभन्दा बढी थाइराइड हर्मोन बढी (हाइपर), कम (हाइपो) हुनु वा थाइराइड हर्मोनको असामान्य रुपमा उत्पादन हुनु समस्या हो । मानिसका लागि अत्यावश्यक थाइराइड हर्माेनको उत्पादन थाइराइड ग्रन्थीले नै गर्छ । थाइराइड ग्रन्थी हाम्रो घाँटीको बीच भागमा हुन्छ ।
जब थाइराइड हर्मोन उत्पादनमा उतारचढाव आउन थाल्छ, तब समस्या देखिन थाल्छ । शरीरमा धेरै मात्रामा थाइराइड हर्मोन हुने अवस्थालाई हाइपरथाइरोइडिजम् भनिन्छ । त्यस्तै, कम मात्रामा हर्मोन उत्पादन हुनु हाइपोथाइरोइडिजम् हो । थाइराइडलाई नियन्त्रण गर्ने अर्को ग्रन्थी टाउकोमा हुन्छ, जसलाई ‘पिट्युटरी’ भनिन्छ । पिट्युटरीको नियन्त्रणमा रहेर थाइराइडले हर्मोन उत्पादन गर्छ । पिट्युटरीबाट आउने ‘थाइराइड स्टिमिलेटिङ हर्मोन’ (टिएसएच) का कारण थाइराइड ग्रन्थीले ‘टि–थ्री’ र ‘टि–फोर’ नामक हर्मोन उत्पादन गर्छ । शरीरलाई आवश्यक परेमा ‘टिएसएच’का साथै ‘टि–थ्री’ र ‘टि–फोर’ बढी मात्रामा उत्पादन हुन्छ । शरीरलाई आवश्यक नपरेमा थाइराइड ग्रन्थीले पिट्युटरीमा ‘नेगेटिभ फिडब्याक’ पठाएर टिएसएच कम उत्पादन गर्ने गराउँछ । जसअनुसार पिट्युटरीले ‘टिएसएच’ कम उत्पादन गर्छ र त्यसकै कारण थाइराइड ग्रन्थीले पनि ‘टि–थ्री’ र ‘टि–फोर’ कम उत्पादन गर्छ ।

थाइराइड समस्या जुनसुकै उमेरमा पनि हुन सक्छ तर यो पुरुषको तुलनामा महिलामा धेरै हुन्छ । पुरुषको तुलनामा महिलालाई ‘हाइपरथाइरोडिथजम्’ वा ‘हाइपोथाइरोडिजम्’ हुने सम्भावना १० गुणा बढी हुन्छ । महिलासँगै बालबालिकामा पनि यो समस्या देखिन्छ । महिला गर्भवती छन् र थाइराइडको समस्या छ भने हर्मोनलाई तत्काल सच्याउनु जरुरी हुन्छ । गर्भावस्थामा थाइराइडको समस्या भए गर्भमा रहेको बच्चा र आमा दुवैको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ ।

थाइराइड समस्याले गर्भावस्था र सुत्केरी भएपछि पनि बच्चाको जीवनमा असर गर्छ । गर्भावस्था भनेको विशेष अवस्था हो । बच्चाको मस्तिष्कको विकास गर्भमा रहेको पहिलो तीन महिनामा बढी हुन्छ । त्यतिबेला जति आमाले पौष्टिक आहार पाउँछिन्, त्यति नै बच्चा फूर्तिलो र तेजिलो हुन्छ । थाइराइड समस्यामा हर्मोनलाई सन्तुलनमा ल्याएर उपचार गर्न सकिन्छ । हाइपरथाइराइडिजम्ले अन्य स्वास्थ्य समस्यालाई बढाउन सक्छ, जसकारण उपचारमा समस्या आउन सक्छ ।

थाइराइडका लक्षणहरू

खाना कम रुच्ने,

शरीर मोटाउँदै जाने

बच्चाको शरीर मोटाउँदै गए पनि उमेर अनुसार उचाइ र दिमाग भने

विकास नहुने

गर्भ तुहिने, गर्भ नबस्ने

कपाल झर्ने, तथा शरीर आलस्य हुने

महिनावारी अनियमित हुने

छाला तथा अनुहार फुस्रो देखिने

हाइपरथाइरोइ (डिज्म हार्मोनको उत्पादन बढी)

१. एक्कासि धेरै मात्रामा तौल घट्नु।

२. मुटुको धड्कन तीव्र तथा अनियमित हुनु।

३. हतास तथा चिट्चिटाहट हुनु।

४. हातहरू काम्नु।

५. धेरै पसिना आउनु।

६. कपालले हाँगा हाल्नु, झुरनिु, झर्नु।

७. मैनावारी नहुनु वा अल्प मात्रामा हुनु।

८. पटक-पटक दिसा लाग्नु।

९. सामान्य र चिसो तापक्रममा पनि बढी गर्मी हुनु।

१०. निन्द्रा नलाग्नु।

११. सास फेर्न गाह्रो हुनु।

१२. आँखाहरू ठूला देखिनु।

१३. जोर्नीहरू दुख्नु।

1४. कमजोर अनुभव हुनु।

१५. घाँटीमा गलगाँडजस्तै बढ्नु।

१६. बच्चाहरूमा अध्ययन क्षमतामा ह्रास, बानी व्यवहारमा समस्या देखिनु।

१७. मुटुको रोग भएका प्रौढलाई छाती धेरै दुख्नु, सास फेर्न गाह्रो हुनु।

१८. मांसपेशी विशेष गरी काँध र जाँघ कमजोर हुनु।

हाइपोथाइरोइडिज्म (हार्मोनको उत्पादन कम)

१. कपाल र छाला सुक्खा हुनु ।

२. नङहरू टुट्नु/झुरो हुनु।

३. छाला पहेँलो देखिनु।

४. अरुचि भए पनि तौल बढ्नु।

५. सुस्त हुनु।

६. छाला चिसो हुनु।

७. चिसो सहन नसक्नु।

८. थकित र कमजोर हुनु।

९. स्मरण समस्या, डिप्रेसन तथा एकाग्रतामा कमी हुनु।

१०. कब्जियत हुनु।

११. महिनावारी अनियमित तथा धेरै हुनु।

१२. त्यसबाहेक घाँटीमा गलगाँडजस्तो बढ्नु, हातखुट्टा, पैताला, मुख तथा आँखामुनि सुन्निनु, स्वर धोद्रो तथा भास्िसएको हुनु, मांसपेशीमा पीडा हुनु, बाउँडिनु, कोलेस्ट्रोल बढ्नु।

१३. बच्चाहरूमा अरुचि, वृद्धिमा ह्रास, जन्डिस, कमजोरी तथा स्मरणशक्तिमा ह्रास हुनु। कुनै कुनै बच्चामा अस्वाभाविक तौल बढ्नु तथा यौवनावस्था ढिलो आउने पनि हुन्छ।

के खाने ?

सागपात, तरकारी, फलफूल, बेरीहरू, अंगुर, केरा, ब्राउन राइस

आयोडिनयुक्त नुनको सेवन गर्ने

अण्डा, ओखर, बदाम खाने

नौनी, ओट्स, तिल, एपोकाडो

माछा, माछाको तेल, आलसको तेल, ओलिभको तेल

के नखाने ?

चिनीलगायत गुलियो पदार्थ कम खाने

भटमास, तोरीको साग, गेडा तोरी, तोरीको तेल,

फास्ट फुड, जंक फुड,

क्लोरिन हालिएको पानी, वियर, रक्सी, कफी नखाने,

क्रिम, बोसोयुक्त मासु, रातो मासु

केक, तारे भुटेको खाना, चुरोट, पान, सुपारी, पान मसला, कोल्ड ड्रिङ्स

4 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *