KFC का संस्थापक मालिकको संघर्ष र सफ़लताको कथा…

विचार / ब्लग
Read Time:2 Minute, 37 Second

५ वर्ष को हुँदा बुवा बिते। १६ वर्षमा स्कुल छोड्नुपर्यो। १७ वर्षमा ४ वटा कामबाट निकालियो । १८ वर्षमा बिहे भयो ।

१८ वर्ष देखि २२ वर्ष भित्र रेल रोड कन्ट्राक्टर थियो, पछि फेल भयो, त्यसपछि सेनामा भर्ना भयो, अनि त्यहाँबाट पनि निकालियो !

फेरी, उसले कानुन पड्न स्कुलमा आबेदन दियो, तर पास भएन । त्यही वर्ष जीवन बिमाको सेल्स म्यान बन्यो, फेरी निकालियो ।

१९ वर्षमा पिता बन्यो । २० वर्षमा श्रीमतीले छोडेर गइन् । एउटा सानो क्याफेमा कुक र भाडा माझ्ने काम पायो ।

उसले आफ्नो छोरीलाई घर ल्याउन सकेन, अन्तत: ६५ वर्षमा उसले श्रीमतीलाई घर फर्कन अनुरोध गर्‍यो । ६५ वर्षमा जागिरबाट रिटायरमेन्ट लियो । जागिरबाट निस्केको पहिलो दिन उसले सरकारबाट १०५ बकस पायो ।

जीवनमा अति नै धेरै असफल भएकोले निराश भएर आत्मा हत्या गर्न भौतारियो ! बच्नुको कुनै अर्थ भेटेन, किनकी धेरै पल्ट असफल भइसकेको थियो ।

एक दिन एउटा रुख मुनी बसी आफ्नो इच्छाहरु लेख्न थाल्यो, त्यही बेला एउटा बिचार आयो l त्यो यस्तो थियो, “म आफ्नो श्रीमतीसँगै भएको भए कति धेरै गर्न सक्थे होला ?” त्यसपछि उसले महशुस गर्‍यो कि धेरै कुरा छन, जाे उसले गरेको छैन ।

एउटा कुरामा आफुलाई राम्रो भएको थाह पायो, त्यो थियो, कसरी पकाउने ! (How To Cook !) अनी उसले $८७ सापटी लिएर चिकेन फ्राइ गर्ने सामाग्री किनेर आफ्नो स्वादमा छिमेकीहरुलाई घर-घरमा गएर बिक्री गर्न शुरू गर्‍यो (केन्टकीमा, USA) ।

८७ वर्षको उमेरमा Kentucky Fried Chicken (KFC) को संस्थापक बनेर अर्बपती बन्न सफल भए ! उनि हुन Colonel Harland Sanders. आज विश्व भरि नै लगभग २० हजार भन्दा माथि KFC शाखाहरू फैलिएर गएको छ ।

तपाईंसँग पनि अझै धेरै वर्ष छ, सफलताको शिखरमा पुग्ने मौकाहरु… कहिल्यै पनि हरेस नखानुहोस !!!कहिले पनि हरेस नखानुहोस्…… किनकि उत्तम कुराहरु आउनै बाकी छ!

0 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *