Read Time:37 Second
१८ भदौ, चितवन । चितवनको चितवन मेडिकल कलेजमा नबलपुरका एक जना कोरोना संक्रमित युवकको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ ।
भदौ ९ गते अस्पताल भर्ना भएका र भदौ १० गते कोरोना संक्रमण पुष्टि भएका गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । मृतक पुरुष मिर्गौलाको रोगी थिए ।