doctor

मालु ४, तामाकाेसी गाउँपालिकाकाे कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात,

Trending समाचार
Read Time:2 Minute, 29 Second

१३ असार, दोलखा। दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि हातपात भएको छ ।

राति १२ बजे स्थानीय केही युवाले मदिरा सेवन गरेर अस्पताल प्रवेश गरी डा रोविश कार्की र कार्यालय सहयोगी टोपहादुर मिजारलाई हातपात गरेको वडा नं ४ का वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए ।

गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार अस्पताल परिसरमा प्रवेश गरी कोभिडबाहेक अन्य बिरामीको समेत उपचार गर्नका लागि दवाव दिँदै चिकित्सकमाथि हातपात भएको थियो ।

बन्द ढोका नाघेर प्रवेश गरेका ती युवालाई अस्पतालमा कोरोनाका बिरामी रहेको कारण भित्र प्रवेश नगर्न भनेको र केही समस्या भएमा आफूले कोभिड बिरामीभन्दा छुट्टै परीक्षण गराउने बताउँदा पनि एक्कासि आफूमाथि हातपात गरेको डा. कार्कीले बताए ।

चार युवाले आफूहरुमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा कर्मचारी भागेर बसेको जनाइएको छ । अभियुक्त तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले मालुका गोपाल तिमिस्सिना, रोशन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र कानूननुसार कारवाही गरिने दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताएका छन भने, उता अभियुक्त भनिएका तिमल्सिना समुह काँग्रेस निकट भएकाे र पिडित डा. कार्की एमाले निकट भएका कारण नै याे घटना घटेकाे हाे, र यसमा डा. कार्कीकाे शक्तिको दम्ब र राजनैतिक अाग्रह राखेर उल्टाे अाराेप लगाएकाे हाे भन्दै नेपाली काँग्रेस तामाकाेसी समितिले प्रेस विज्ञप्ति समेत निकालिएकाे छ।

1 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *