123

सबैले बुझ्नु पर्ने शिक्षा, याैन शिक्षा…

Trending विचार / ब्लग
Read Time:5 Minute, 16 Second

सुमित नेपाली, काठमाण्डाै ः के रे ! नेपालमा नै १२ र १४ वर्षिय किशोरले बलात्कार गर्यो रे ? कस्तो अचम्म अब के होला ? कारण के हुन सक्छ ? आज एउटा समाचार अनलाइनमा छापियो ति किशोरहरूलाइ प्रहरीले प्रकाउ गरेछ ।

अब हाम्रो बालबालिकालाइ कसरी जोगाउन सकिन्छ वा त्यस्तो अपराधिक घटना कम गर्न के गर्न सकिन्छ ? त्यसतर्फ ध्यान दिनु जरुरी छ । एउटा गरिब मानिससंग मनोरञ्नको साधनको लागि शक्ति बगाउन याैनको सहारा लिन्छ अन्य मनोरञ्जनको साधन उपभोग गर्न रुपैया पैसा खर्च गर्नु पर्ने हुन्छ तर याैन निशुल्क प्राप्त गर्न सक्छ र परिवारमा सन्तानको जनसंख्या बढाएर गरिबीमाथि झन् गरिबी बढाउदै लगिरहेको हुन्छ । गरिब व्यक्तिहरुले नै धेरै सन्तान जन्माइ रहेका हुन्छन् अनि उचित शिक्षा, गाँस,बास र कपासको समस्यासंग अभाव पनि बढाँउदै जान्छ । बलात्कारको घटनाहरु हुनुको पछाडी धेरै कारणहरू छन् । ति मध्यमा गरिबि र याैन शिक्षाको अभाव पनि हुन् । गरिब देशको एउटा मुख्य समस्या सानो घर त्यसमा पनि सुत्नकोलागि पर्याप्त कोठा नहुनु । धेरै जस्तो ठाँउहरूमा एकै कोठामा परिवारका सदस्यहरू सुत्नु पर्ने बाध्यता छ ।

त्यस्तो अवस्थामा याैन सम्बन्ध राख्दा किशोर अवस्थाका बालबच्चाको ध्यान दिनुपर्छ । उनिहरुले यि कुराहरू सुनिरहेका वा ध्यान दिइरहेका हुन्छन् । यस्ले किशोरकिशोरीलाइ याैनतिर प्रोत्साहन वा छटपटी गराइरहेको हुन्छ । यसले नै बालबालिकाहरूबिचमा नै बलात्कार सम्मको अपराध गर्नलाइ प्रेरणा गराइरहेका हुन्छ । किशोर अवस्थामा धेरै जस्तो बालबालिकाहरू टि.भि, मोबाइल फोनमा झुन्डिरहेका हुन्छन् । चलचित्रमा जे देखे त्यसको नक्कलमा लागि परेका हुन्छन् ।मैले धेरै साथीहरूसंग याैनको बारेमा प्रश्नहरू गर्दा धेरै जनाले आफ्नो अभिभावकहरूले याैन गोपनीयता कायम नगरेको कारण याैन खुल्लुदी वा जिज्ञासा हुने गरको र त्यस प्रति चासो रहेको अभिव्यक्ति दिएका थिए भने केहिले नशाको तालमा आमामाथि जबरजस्ती पिडादायक याैन शोषण भएको देखेको कारणले याैन प्रति रूचि नभएको र याैन क्रियालाइ नै घृणा गरेको अभिव्यक्ति पनि दिएका थिए । घृणा हुनु मनोबैज्ञानिक तरिकाले यो झनै खतरा जनक छ । त्यसैले अभिभावकहरूले घरमा याैन गोपनीयता कायम गर्नुपर्छ । किशोर अवस्थामा शरिरमा आउने परिवर्तनको कारण चासो हुनु र याैन परिकल्पनाको भावना आउनु स्वाभाविक हो ।

अभिभावकको त्यस्तो अवस्थामा बालबालिकाहरूलाइ उचित परामर्श दिनु पर्छ । किशोर अवस्थाका बालबालिकाहरू याैनको कुराहरूमा लालायित हुँदा ठुलो दुर्घटना निम्तन सक्छ । त्यसैले पहिलो कुरा अभिभावकहरूले याैन गोपनियता कायम गर्नु आवश्यक छ । दोस्रोमा याैन सम्बन्धी जानकारी वा शिक्षा दिनु अावश्यक छ । बच्चाहरूको बानी जे नगर भन्यो त्यहि गर्ने वा त्यतैतिर ध्यान दिने प्रवृत्तिका हुन्छन् । त्यसैले के कसरी पवित्र रहन सकिन्छ, याैनका कुराबाट टाढा रहने उपाय, र नैतिकशिक्षा, धार्मिक शिक्षा दिनु आवश्यक छ । किशोर अवस्थामा बालबालिका भएता पनि धेरै जस्तो याैन सम्बन्ध आपसी समझदारीमा हुने गर्छन र तेस्रो व्यक्ति ( बालिकाको अभिभावकले वा समाजले ) थाहा पाएपछि त्यसलाइ बलात्कारको उपमा दिएर अपराधसंग जोडिनपुग्छ । त्यस्ता घटना नहुनका लागि अभिभावकहरूको मुख्य भुमिका हुन्छ । उनिहरूको हातमा मोबाइल थपाएर टाढिनु भन्दा समयमा नै याैनको बारेमा उचित शिक्षा र संवेदनशिल अंगको बारेमा ज्ञान दिनु आवश्यक छ । किशोर अवस्थामा छोराछोरीसंग आमाबाबु भन्दापनि साथीको व्यवहार गरेर बाल्यावस्थाबाट परिपक्व तिर बढाउन हेरचाह गर्नु धेरै नै आवश्यक छ ।

0 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *